नवौं राष्ट्रिय  खेलकुद: १० हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडमा बागमती प्रदेशले स्वर्ण  पदक जितेकाे छ ।

सन्तोषी श्रेष्ठले बगमतीलाई स्वर्ण दिलाएकी हुन् । उनले पोखरा रंगशालामा शनिबार निर्धारित दुरी ३६ मिनेट १२ दशमलब ३६ सेकेन्डमा पूरा गरिन् ।

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । विभागीय टाेली नेपाल पुलिस क्लबकी राजपुरा पछाईले ३६ मिनेट २९ दशमलब ४५ सेकेन्डकाे समय निकाल्दै  रजत पदक हात पारिन् ।

अर्काे विभागीय टाेली नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट ४ दशमलब २ सेकेन्डकाे समय निकाल्दै रजत पदक जितन् ।





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ११:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया