नवौं राष्ट्रिय खेलकुद: १५ सय मिटरमा मुकेश र फुलमतीलाई स्वर्ण

नवाैं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सकाे १५ सय मिटर दौडमा विभागीय टोली नेपाल आर्मी क्लबका मुकेश पाल र नेपाल एपिएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक हात पारेका छन् ।

मुकेशले पुरुष तथा फुलमतीले महिलातर्फ स्वर्ण हात पारेका हुन् । पाेखरा रंगशालामा मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । 

विभागीय टोली नेपाल एपिएफ क्लबका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डकाे समय निकाल्दै रजत तथा नेपाल पुलिस क्लबका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डकाे समय निकाल्दै  कास्य पदक हात पारे ।

त्यस्तै, फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरिन् । अर्काे विभागीय टोली नेपाल आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१.०० सेकेन्डकाे समय निकाल्दै रजत तथा आर्मीकै रेखा लिम्बुले ५ मिनेट ३.८० सेकेन्डमा दौड पुरा गर्दै कास्य  पदक हात पारे । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १२:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया