डा. भगवान कोइरालाको ‘हृदय’को नियमित संस्करण सार्वजनिक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडाैंमा रहेको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गएकाे भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे राम लोहनीले समीक्षात्मक टिप्पणी गरे । कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका संघर्षलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए । 

‘हृृदय’को नियमित संस्करण काठमाडाैंका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाडाैं बाहिरका लागि पाँच सय ७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । भदौ २८ मा सार्वजनिक गरिएको सीमित विशेष संस्करणकाे भने प्रति किताब मूल्य २५ हजार रुपैयाँ ताेकिएकाे थियाे । 

हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । 

२५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाण्डाै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै, विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।  

नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि त्यही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताए । 





  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १९:४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया