आजबाट सुरु हुँदै टी-२० विश्वकप

आठौँ संस्करणको टी-२० विश्वकप आजबाट अस्ट्रेलियामा सुरु हुँदै । प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछन्  ।

पहिलो चरणको समूह ‘ए’अन्तर्गत हुने उद्घाटन खेलमा श्रीलंकाले नामिबियाकाे सामना गर्नेछ  । याे खेल भिक्टाेरियास्थित साइमन्ड स्टेडियममा विहान पाैने १० बजे सुरु हुनेछ ।

त्यस्तै, दिउँसाे १ बजे सुरु हुने दोस्रो खेलमा नेदरल्याण्ड्सले युएईकाे सामना गर्नेछ । विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ स्थानमा हुनेछ । पहिलो चरण का२ समूहबाट शीर्ष २ टाेली सुपर १२ मा पुग्नेछन् ।

 पहिलो चरणको समूह `ए मा नामिबिया, श्रीलंका, नेदरल्याण्ड्स र  युएई तथा समूह ‘बी’ मा आयरल्याण्ड, जिम्बाब्वे, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् ।

 सुपर १२ को समूह १ मा इंग्ल्याण्ड न्युजिल्याण्ड, अस्ट्रेलिया  अफगानिस्तानसँगै पहिलो चरणबाट समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता हुनेछन् ।

त्यस्तै, सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणबाट समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।



सुपर १२बाट प्रत्यक टाेलीका शीर्ष टोली २ सेमिफाइनलमा पुग्नेछन् ।  दक्षिण अफ्रिका र न्युजिल्यान्डको सोच पहिलो पटक विश्वकप जित्ने हुनेछ । भारत २००७ पछि विश्वकप जित्ने लक्ष्यमा छ । घरेलु टोली अस्ट्रेलिया उपाधि रक्षा गर्न चाहन्छ । 

यी टाेलीसँगै पाकिस्तान र इंग्ल्याण्डलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएकाे छ । टि-२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली विजेता बनेका छन् । हालसम्म वेस्ट इण्डिज २ पटक विश्वकप जित्ने एक्लाे टोली हो । 



लगातार दोस्रो वर्ष टि-२० विश्वकप आयोजना हुन लागेको यो सन् २००९ र २०१० पछि पहिलो पटक हाे  ।

२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड, २०१२ मा वेस्ट इण्डिज २०१४ मा श्रीलंका, २०१६ मा वेस्ट इन्डिज र २०२१ मा अस्ट्रेलिया  टि  -२० विश्वकप विजेता बनेका थिए । 

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार ८:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया