नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय कीर्तिमान सुधार गर्दै जयरानीले जितिन् स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४०० मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

उनले पोखरा रंगशालामा आइतबार जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । उनले यसअघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यस स्पर्धामा एपिएफकी भागिरतीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्ड समयका साथ कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १०:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया