टी–२० विश्वकपमा नामिबियाको विजयी सुरुवात

आजबाट अस्ट्रेलियामा सुरु भएको आठौं संस्करणको टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ ।  उसले पहिलो चरणअन्तर्गत समूह ‘ए’को खेलमा श्रीलंकालाई ५५ रनले हराउँदै विजयी सुरुवात गरेको हो । 

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो । उनका लागि कप्तान दासुन शनकाले सर्वाधिक २९ रनको योगदान दिए । 

भानुका राजापाक्षले २०,धनन्जय डि सिल्भाले १२ र मेहश तिक्सणा अविजित ११ रन जोडे । नामिबियाका लागि डेविड विसे, बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोगो र जान फ्राइलिंक २–२ तथा जजे स्मिथले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

त्यसअघि भिक्टोरियास्थित साइमन्ड्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 

उसका लागि जान फ्राइलिंकले २८ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए । स्टेफन बार्डले २६ तथा कप्तान गेर्हार्ड इरास्मस र जान निकोलले समान २० रन जोडे । 

श्रीलंकाका लागि प्रमोद मदुशनले २ तथा वानिन्दु हसरंगा,चमिका करुणारत्ने,दुस्मन्थ चमिरा र महेश तिक्सणाले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 



यो जितसँगै नामिबियाले २ अंक जोड्दा श्रीलंकाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 



  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १३:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया