लमजुङमा गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा घिमिरे

४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनको लमजुङ जिल्लास्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा आनन्द घिमिरे चयन भएका छन् । 

निर्वाचनको सन्दर्भमा गठबन्धनको जिल्लास्थित निर्वाचन परिचालन समितिको सचिवालय बैठकबाट कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो । 

सदस्यमा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर गुरुङ र एकीकृत समाजवादी जिल्ला कमिटीका अध्यक्ष रामबाबु अधिकारी छन् ।  

सचिवालयमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव कृष्णबहादुर अधिकारी र नवीनचन्द्र घिमिरे, माओवादी केन्द्रको कार्यालय सचिव हरिजङ तामाङ र कमल खड्का, एकीकृत समाजवादीको तर्फबाट जिल्ला सचिव जगदीश सेढाई र राम थापा सदस्य छन् ।  

प्रदेश सभा (क) र (ख) को गठबन्धन दलका समितिहरूका सभापति वा संयोजकहरूबीच सम्बन्धित प्रदेशसभा निर्वाचन परिचालनको सचिवालय गठन गर्ने र उक्त सचिवालयले मुख्य गरी जिल्ला निर्वाचन परिचालन समितिको सचिवालयको निर्णयलाई प्रभावकारी ढंगले सम्बन्धित प्रदेशमा कार्यान्वयन गर्ने भएको छ । आवश्यक समन्वय र अनुगमन गरी कार्यप्रगति प्रतिवेदन जिल्लाको निर्वाचन परिचालन सचिवालयमा पठाउने भएको छ । 

आठवटै पालिका तथा वडा तहहरूमा गठबन्धन दलहरूको निर्वाचन परिचालन समितिको सचिवालयको संयन्त्र सम्वन्धित दलका प्रमुखहरू रहने गरी निर्माण गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका अध्यक्ष अधिकारीले बताए । 



प्रदेशसभा, पालिकास्तरीय/ वडास्तरीय संयन्त्रमा संयोजक नेपाली कांग्रेसका सम्बन्धित प्रदेश सभा, पालिका/वडा तहका सभापति र सदस्यमा सम्बन्धित प्रदेशसभा, पालिका/वडा तहका गठवन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरिएको छ । जनवर्गीय, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आवद्ध गठबन्धन दलका पदाधिकारी एवं सदस्यहरू सम्बन्धित तहको जिल्ला, प्रदेशसभा, पालिका तथा वडा समितिको निर्णयअनुसार क्रियाशील हुने निर्णय गरिएको छ ।

गठबन्धन दलहरूका बीच गठवन्धनको मर्म र भावनाअनुरूप सुमधुर सम्वन्ध कायम राख्दै दलभित्रका सबै तह र तप्काका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले एक आपसमा आरोप-प्रत्यारोप नगर्न नगराउन आ-आफ्नो दलका नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताका साथ निर्वाचनमा सक्रियातापूर्वक आचार संहिताको पूर्ण पालना गर्दै अघि बढ्न निर्देश गर्ने निर्णय गरिएको समितिका संयोजक आनन्द घिमिरेले बताए ।



 गठबन्धनबाट लमजुङमा प्रतिनिधि सभा सदस्यमा देवप्रसाद गुरुङ, प्रदेश सभा क मा डा. टकराज गुरुङ र प्रदेश सभा ख मा भेषबहादुर पौडेल चुनावी मैदानमा छन् । 

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १५:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया