महेश बस्नेतकाे दाबी : सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित

एमालेबाट भक्तपुर-२ का उम्मेदबार महेश बस्नेतले सता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । 'गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,' उनले भने, 'त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।' 

प्रेस चौतारी भक्तपुरले आइतबार आयाेजना गरेकाे अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएकाे दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । 'हामी सत्ता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छाैँ, ती कार्यकर्ता हामीप्रति सकारात्मक छन्,' उनले भने । 

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाकाे रुपमा विकास गर्ने पनि बताए । 'भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीँकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,' बस्नेतले भने ।  

पछिल्लोपटक दाेब्बर मतले विजयी भएकोमा योपटक दाेब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको, तर त्यसलाई कांग्रेसले रोकेकाे आरोप पनि लगाए । कांग्रेसकाे यही कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १५:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया