६ वर्षअघि नै बिहे गरेका थिए नयनतारा र विग्नेशले

दक्षिण भारतीय अभिनेत्री नयनताराले सामाजिक सञ्जालमा जम्ल्याहा सन्तानको तस्बिर राख्दै आफू र अभिनेता पति विग्नेश शिवन आमाबाबु बनेको जानकारी दिएकी थिइन् ।

विवाहको चार महिनापछि आमाबाबु बनेको भन्दै खुसी मनाइरहँदा उनीहरू कसरी यति छिट्टै आमाबाबु बने भन्ने चर्चा पनि चल्यो । उनीहरूले सेरोगेसी माध्यमबाट सन्तान जन्माएको खुलेपछि विवादमा तानिए । किनकि भारतमा जनवरी २०२२ देखि नै सेरोगेसीलाई प्रतिबन्ध लगाइएको छ ।

तमिलनाडु सरकारले उनीहरू चार महिनामै आमाबाबु बनेको विषयमा छानविन समिति गठन गरेको थियो । सरकारले उनीहरूको विषयमा अनुसन्धान गर्न तमिलनाडु स्वास्थ्य विभागलाई जिम्मेवारी दिएको थियो । अनुसन्धानले उनीहरूले ६ वर्षअघि नै कानुनी रूपमा विवाह गरिसकेको खुलेको छ ।

वर्तमान कानुनमा कुनै पनि जोडीले विवाहको पाँच वर्षसम्म सन्तान जन्माएनन् भने सेरोगेसीको सहारा लिनसक्ने व्यवस्था छ । नयनतारा र विग्नेशले अनुसन्धानमा आफूहरू परेपछि विवाहको दर्ता कागजपत्र निकालेका छन् । जुन कागजपत्रमा उनीहरूले ६ वर्षअघि नै विवाह गरेको उल्लेख छ ।

अनुसन्धानमा उनीहरूको सन्तानलाई दुबईमा बस्दै आएकी मलयाली महिलाले जन्म दिएको र उक्त अस्पताल चेन्नई अस्पताल रहेको खुलेको छ । नयनतारा र विग्नेशले उनीहरूले चार महिनाअघि मात्र धार्मिक विधिअनुसार विवाह गरेका थिए ।





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १६:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया