सेयर बजारमा आइतबार पुनः गिरावट

सेयर बजारमा आइतबार पुनः गिरावट आएको छ । यसअघिका दुई कारोबार दिनमा सुधारोन्मुख देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको हो । यद्यपि १७ अंकभन्दा बढीले घटिसकेको नेप्सेले अन्तिम प्रहरमा भने केही रिकभर गरेको हो । 

अन्तिम १० मिनेटमा बजार बाउन्स ब्याक हुँदै आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ । यस दिन ८० करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । 

आइतबार २२१ कम्पनीको २५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ र उत्पादनमूलक समूहको सूचकमा सुधार भएकोे छ भने बाँकी सबै समूहका सूचक घटेका छन् । 

आठ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गरिमा विकास बैंक र हिमालयन डिस्टिलरी परेका छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १७:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया