नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको डिस्कस थ्रोमा चित्रबहादुर वली र संगीता अधिकारीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा सोमबार पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका चित्रले ३८.४८ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
पुलिसका पुष्कल खड्काले ३२.७५ मिटर थ्रो गर्दै रजत तथा सुदूरपश्चिमका हेमन्त पालले ३१.१० मिटर थ्रो गर्दै कास्य पदक हात पारे । महिलातर्फ लुम्बिनी प्रदेशकी संगीताले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेकी हुन् । जारी प्रतियोगितामा लुम्बिनीका लागि यो पहिलो स्वर्ण हो ।
यो स्पर्धामा एपिएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै रजत तथा आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कास्य हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।