नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । उ आज सम्पन्न पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ६९ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले लुम्बिनीले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । उसका लागि सुस्मिता बजागाईंले सर्वाधिक १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि नेरी थापाले ४ तथा रेखा रावल,इन्दु बर्मा,सुमन बिष्ट,सीता राना मगर र सुष्मा श्रेष्ठले १–१ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
उसका लागि ज्योति पाण्डेले ६१ बलमा ७ चौकासहित अविजित ६९ रनको योगदान दिइन् । ममता चौधरीले १६, रोमा थापाले अविजित १२ र कप्तान सीता रान मगरले ११ रन जोडे ।
लुम्बिनीका लागि कीर्तिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए । एपिएफले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको विजेतासँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।