नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्रको ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र सुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए ।
चलचित्रमा धेरै मिहिनेत गरेर छायांकन गरेको भन्दै उनले चलचित्र मन छुने बनेको बताए । चलचित्रमा नयाँ कलाकारहरुको अभिनय मर्मस्पर्शी रहेकाले सबैले हेरेर साथ दिनेमा विश्वस्त रहेको उनले बताए ।
त्यस्तै, अभिनेता शोभित बस्नेतले चलचित्र धेरै राम्रो बनेको बताए । यो चलचित्रमा सलोनको अभिनय पनि पोख्त भएको उनले दाबी गरे ।
सलोनको विवाहबारे रंगपत्रकारको प्रश्नमा उनले विवाहको मिलनका बेला फिल्म मिलन पनि राम्रोसँग चल्ने र चाड विवाहको बारेमा जानकारी गराउने बताए ।
त्यस्तै, चलचित्रमा डेब्यु गरेकी नवनायिका शिल्पा थापाले चलचित्रमा काम गर्न कुनै कठिनाइ नभएको र आगामी दिनमा पहिलो चलचित्रमा सिकेका कुरालाई झनै पोख्त बनाएर जाने बताइन् ।
चलचित्र मिलन आगामी कार्तिक १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।