नवौं राष्ट्रिय खेलकुद: आर्मीको अग्रता  कायमै

नवौं राष्ट्रिय खेकुदकाे चाैथाे दिन समाप्त हुँदा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले आफ्नो अग्रतालाई कामय राख्न सफल भएक्षकाे छ । उसलाई अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबले पछयाइ रहेकाे छ ।


आफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथलेटिक्स, पौडीलगायतका खेलमा पनि आर्मीले बर्चस्व जमाएको छ ।

सातौं र आठौं राष्ट्रिय खेकुदकाे विजेतालआर्मी यसपटक पनि बन्ने संघारमा पुगिसकेकाे छ  । सहभागी सबै ११ टोलीले स्वर्णको खाता खोलेका छन् । हालसम्म १३९ स्वर्ण, १३९ रजत र १८६ कास्यपदक गरी कुल ४६४ पदकको छिनोफानो भइसकेको छ ।

शीर्ष स्थानकाे आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यगरी कुल १२८ पदक जितेको छ ।  उसलाई पछ्याइ रहेकाे पुलिसले २३ स्वर्ण, १७ रजत र २५ कास्य गरी ६५ पदक जित्दा नेपाल एपिएफ क्लब १६ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ७४ पदक सहित तेस्रोमा छ । 

चाैथाे स्थानकाे बागमतीले १४ स्वर्ण, २२ रजत र २३ कास्यगरी ५९ पदक हात पार्दा घरेलु टाेली गण्डकी १० स्वर्ण, ८ रजत र २० कास्यगरी ३८ पदक जितेर पाँचौ स्थानमा छ ।  ६ स्वर्ण,६ रजत र ४ कास्य गरी १६ पदक जितेकाे एनआरएनए छैटौं  स्थानमा छ । उसले सबै स्वर्ण पौडीबाट जितेको हो ।

 ३ स्वर्ण,८ रजत र २१ कास्यगरी ३२ पदक जितेकाे प्रदेश १ साताैं,मधेस २ स्वर्ण,३ रजत र ७ कास्यगरी १२ पदकसहित आठाैं तथा सुदूरपश्चिम २ स्वर्ण,१ रजत,११ कास्यगरी १४ पदक हात पार्दै नवाैं स्थानमा छन् ।



१० औं स्थानकाे लुम्विनीले १ स्वर्ण,९ रजत र १२ कास्य गरी २२ पदक जित्दा कर्णाली १ स्वर्ण,१ रजत र २ कास्य गरी ४ पदकसहित अन्तिममा छ । 



  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १०:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया