नवौं राष्ट्रिय खेलकुदः एपिएफका सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा  नेपाल एपिएफ क्लबका सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै स्वर्ण जितेका हुन् ।

सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे । गिरिले १९९९मा पाकिस्तानको इस्लामावादमा यो कीर्तिमान बनाएका थिए ।

त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत तथा घरेलु टोली गण्डकी प्रदेशका नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य जिते । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १२:१२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया