सत्ता गठबन्धनमा अब तीन दल मात्रै बाँकी हो ?

सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपिलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । 

देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आबद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर छ । 

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने आफू बाग्लुङमा भएको र किन हस्ताक्षर भएन भन्ने थाहा नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको बताए । 

जसपा बाहिरिएपछि गठबन्धनमा भित्रिएको लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि अहिलसम्म गठबन्धनका शीर्ष नेताहरुसँग संयुक्त हस्ताक्षर गरेका छैनन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १६:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया