नाग्मा–जुम्ला सडक खण्ड खुल्यो

पहिरोले अवरुद्ध जुम्ला सडक खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयासपछि नाग्म जुम्ला सडक खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । 

डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडक खण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अब जुम्ला नग्मा सडक खुलाइएको छ ।

‘अवरुद्ध सडक खुलाउनका लागि क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सबइन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौं,’ उनले भने  ।

कर्णाली राजमार्गमा खटिएका सबइन्जिनियर गोविन्द अधिकारीका अनुसार हामीले मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म खण्ड खुलाइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १८:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया