logo-img

सुदूर पहाडका जिल्लामा चिसो बढ्यो

मंगलबार वर्षा भएपछि सुदूर पहाडका जिल्लाहरुमा चिसो बढेको छ । वर्षाका कारण बझाङसहित सुदूरका पहाडी जिल्लाहरुमा चिसो बढेको हो । 

बझाङका उच्च लेकाली क्षेत्रमा वर्षाका कारण चिसो बढेको साइपाल गाउँपालिकाका स्थानीय प्रदीप बोहराले बताए । जिल्लाको साइपाल, सुर्मा, तल्कोट, वित्थडचिर गाउँपालिको देउलेक, स्याडीलगायतका क्षेत्रमा चिसो बढेको छ । 

त्यसैगरी बैतडीको सतबाँझ, खोड्पे, श्रीभावरलगायतका ठाउँमा चिसो बढेको स्थानीयहरुले बताएका छन् । यस्तै, दार्चुलाको अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकाका केही स्थानमा हिमपात समेत भएको छ । 

आज बिहानैदेखि मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानीयले बताएका छन् । मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका कर्मचारी विशन बुढाथोकीले जानकारी दिए । 

गाउँपालिकाको घुसा, क्षेती, सिती र खात्तीलगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको उनले बताए । यस्तै, व्याँस गाउँपालिकाको छाङरु र तिंकरमा पनि हिमपात भएको छ । 

गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तिंकर छाङरुमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईश्वर भट्टले जानकारी दिए । दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया