रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

रुसी एसयु३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ । 

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन् । 

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो । दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १९:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया