जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा

जलवायु परिवर्तनको हानी का कारण करिब एक अर्ब बालबालिका 'अत्यन्त उच्च जोखिममा' रहेको  एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । 

किड्सराइट्स सूचकाङ्कले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीयले प्रदान गरेको तथ्याङ्कका आधारमा उक्त तथ्याङ्क निकालिएको हो । 

पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।

बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर  मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरूमध्ये आइसल्यान्ड, स्विडेन र फिनल्यान्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ७:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया