नेकपाको महासचिवमा पुनः चयन भए विप्लव
फाइल तस्बिर

नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः विप्लव चयन भएका हुन् । 

असोज २५ गतेदेखि कपिलवस्तुमा आयोजना गरिएको महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य पनि चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जनाइएको छ । २०७० साल मंसिरमा विप्लवले आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ७:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया