नवौं राष्ट्रिय खेदकुद: आर्मीको फराकिलो अग्रता

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय  खेलकुद प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले आफ्नो पकडलाई बलियाे बनाएकाे छ । प्रतियाेगिताकाे पाँचौँ दिन समाप्त हुँदा आर्मी फराकिलाे अग्रताका साथ शीर्ष स्थानमा कायम छ ।

आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यगरी कुल १८५ पदक जित्दा उसलाई पछ्याइ रहेकाे अर्काे विभागीय टाेली  नेपाल  पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी १०८ पदक जितेको छ । 

तेस्रो स्थानकाे विभागीय टाेली एपिएफले ३१ स्वर्ण, ३४ रजत र ५५ स्वर्ण गरी १२० पदक हात पार्दा  घरेलु टाेली गण्डकी प्रदेश१६ स्वर्ण,१५ रजत र ३० कास्यगरी ६१ पदकसहित चाैथाे स्थानमा उक्लिएकाे छ ।

१५ स्वर्ण,२८ रजत र ३१ कास्यगरी ७४ पदकका साथ बागमती पाँचाैँ स्थानमा झर्दा एनआरएनए ९ स्वर्ण, ७ रजत र ५ कास्य गरी २० पदक जित्दै छैटौं स्थानमा छ । उसले सबै स्वर्ण पौडीबाट जितेको हो ।

साताैं स्थानकाे सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत,२० कास्यगरी ३२ तथा आठाैं स्थानकाे मधेस प्रदेशले ५ स्वर्ण, ७ रजत र १९ कास्यगरी ३१ पदक आफ्नो नाममा गराएका छन् ।

 ३ स्वर्ण, ६ रजत र ३२ कास्य गरी ५१ पदक जितेको प्रदेश १ नवाैं स्थानमा रहँदा लुम्बिनी प्रदेश ३ स्वर्ण, १२ रजत र २२ कास्य गरी ३७ पदकसहित १० औं स्थान तथा कर्णाली प्रदेश १ स्वर्ण, २ रजत र ७ कास्य गरी १० पदकसहित पुछारमा छन्। 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ८:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया