इष्टर्न हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । 

सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने  १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ८:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया