नवौं राष्ट्रिय खेलकुदः फुलमती, सोमबहादुर र रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा  नेपाल एपिएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा बुधबार भएको फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत तथा आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डको समय निकाल्दै कास्य जिते । 

पुरुष ८ सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् । उनले निर्धारित दुरी दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गरे ।

पुलिसका तेज बहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्डसहित रजत र आर्मीका सुनिल सुनारले १ मिनेट ५५.५२ सेकेन्डको समय निकाल्दै कास्य जिते ।

 त्यस्तै,पुरुष ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जिते । थारुले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डसहित रजत जित्दा एपिएफका निरप्रताप महतोले ५३.९२ सेकेन्डको समय निकाल्दै कास्य जिते। 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १०:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया