नौवौं राष्ट्रिय खेलकुदः सन्तोषीलाई दोस्रो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । 

जारी प्रतियोगिताका सन्तोषीको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले १० हजार मिटर दौडमा पनि स्वर्ण हात पारेकी थिइनन् । 

सन्तोषीले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । 

पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत तथा आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कास्य पदक जितिन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ११:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया