नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मलित गण्डकीले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत तथा जनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजाल अमात्य सम्मलित बागमतीले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।
पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
जीवन चौधरी, विवेक थारु,युवराज बिक, डिल्ली महतो सम्मलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्दा सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।