नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक हात पारेका छन् । पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
अर्को विभागीय टोली नेपाल एपिएफ क्लबका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत तथा एपिएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।