नवौं राष्ट्रिय खेलकदुः रग्बीमा एपिएफ र आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीको पुरुषतर्फ नेपाल एपिएफ र महिलातर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण हात पारेका छन् । 

कास्कीको भण्डारडिक ग्राउन्डमा भएको फाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई १०–७ अंकले हराउँदै स्वर्ण जितेको हो ।

 एपिएफलले दुई ट्राईमार्फत १० अंक जोड्दा लुम्बिनीले ट्राईमा ५ तथा कन्भर्सनमा २ अंक जोडेको थियो । यस्तै,महिलातर्फ आर्मीले एपिएफलाई १०–० ले पराजित गर्दै स्वर्ण पदक जित्यो । उसले २ ट्राईमार्फत १० अंक बटुलेको हो।

महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ गण्डकी प्रदेशले कास्य जितेका छन् । सुदूरले मधेश प्रदेशलाई ५–० अंक ले हराउँदा गण्डकीले तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले आर्मीलाई १०–५ अंकले पराजित गर्यो । 

महिलामा लुम्बिनी प्रदेश बाहेक अन्य सबैको सहभागिता रहँदा पुरुषमा भने सबै टोलीको सहभागिता थियो । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १२:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया