सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।
आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।