तिहार नजिकिँदै छ। बारीमा ढकमक्क फुलेका मखमलीले यतिखेर गाउँघरको सौन्दर्य बढेको छ।
भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्यविनायक नगरपालिका-७ मा पर्ने गुन्डु पनि यतिखेर ढकमक्क बारी नै ढाकेका मखमलीले गाउँलाई निकै आकर्षक बनाएका छन्।
फूल खेती गर्नेहरूलाई टिप्न र माला उन्न भ्याइनभ्याई छ। केहीले फूल टिपिसकेर माला उनेर बिक्री गर्ने व्यापारीकहाँसमेत पुर्याइसकेका छन्।
मखमली फूलको माला प्रतिगोटा २५ देखि ४० रूपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।