राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल : खेलकुदमन्त्री


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताएका छन् ।

प्रतियोगिता समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधबार बिहान नेपालगन्जस्थित राँझा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैँमा ऐतिहासिक उपलब्धि भएको बताए । 

मन्त्री अथकले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको बताए । 

प्रतियोगिता सञ्चालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको भन्दै उनले खुसी व्यक्त गरे । 

प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले खेल जगतलाई दुःखी बनाएको बताउँदै उनले सरकारले सो घटनाबारे अनुसन्धान गर्ने बताए । 

खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको समेत उनले बताए । 



पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यसपटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै उनले कम समयमा खेलकुदको समग्र विकासमा आफूले धेरै उल्लेख्य काम गरेको उल्लेख गरे । 



  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १७:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया