बझाङ जिप दुर्घटना : मृत्यु भएका सबैको सनाखत, घाइते तीनजना धनगढी रेफर

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुने सबैको सनाखत भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु भएका ६ जनाको नै सनाखत भएको छ । मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका लोकेन्द्र खडकाकी १३ वर्षीया छोरी सम्झाना खड्का, १५ वर्षीय छोरा रोशन खड्का, महेश कठायतकी श्रीमती २८ वर्षीया वसन्ती धामी, ११ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीया वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दीक्षिता कठायत, र शुक्लाफाँटा नगरपालिका ७ कञ्चनपुरका ४२ वर्षीय झरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको थियो । 

यसैबीच दुर्घटनामा परी घाइते भएका ३ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए । बाँकी थप  दुईजनालाई पनि रेफर गर्ने तयारी भइरहेको र अन्य घाइतेको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।

दुर्घटना परी घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवि भण्डारी, सोही वडा २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।

 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार २०:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया