प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । 

गृहजिल्ला बाग्लुुङको निसीखोला गाउँपालिकामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताए । 

देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै उनले यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे । पाँचदलीय गठबन्धन टुटाउन विदेशीहरुले चलखेल गरेको तर उच्चस्तरीय नेतृत्वले विदेशी चलखेललाई चिरेर अघि बढेको उनले बताए । 

बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पौडेलले मध्यपहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । 

रंगेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसी हुँदै प्युठान जोड्ने सडकको काम भइरहेको बताउँदै उनले मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा भएको उनले बताए । 

बागलुङका दूरदराजका जनताको पीरमर्का आफूले बुझेको बताउँदै उनले छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन पनि दिए । 



मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उनले उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे । 

प्रदेशसभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धन भएको बताए । आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई संरक्षण गरी संविधानको रक्षाका निम्ति मुद्दा र विचार मिल्नेबीच गठबन्धन भएको उनले बताए ।



संघीयता, गणतन्त्र, लोकतन्त्रलाई रक्षा गरी जनताका आधारभूत विकासलाई पूरा गर्न जनतामाझ गठबन्धनका उम्मेदवार आएको उनले बताए । 

बागलुङ, गुल्मी, रोल्पा र रुकुमका जनतालाई सहजताका निम्ति अर्नाकोट एयरपोर्टको परिकल्पना गरिएको पनि उनले सुनाए । 

  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार २०:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया