ला लिगा: रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा लिग लिडर रियल मड्रिडले जित हात पारेकाे छ । उसले घरेलु टाेली इल्चेविरुद्व ३-० काे सहज जित हात पारेकाे हाे ।

म्यानुएल मार्टिनेज भलेराे स्टेडियममा  रियललाई जित दिलाउन फेडेरिकाे भाल्भर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाेले १/१ गाेल गरे ।​

खेलकाे ११ औं मिनेटमा भाल्भर्डेकाे गाेलमार्फत रियलले अग्रता लिएकाे थियाे । ७५ औं मिनेटमा बेन्जेमाले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

८९ औं मिनेटमा एसेन्सियाेले गाेल गरेपछि रियलले ३-० काे सहज जित निकाल्याे ।

याे जितसँगै १० खेलमा २८ अंकका साथ रियल शीर्ष स्थानमा कायमै रहँदा पराजित इल्चे समान खेलबाट ३ अंकका साथ पुछरमा छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ७:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया