नवौं राष्ट्रिय  खेलकुद: आर्मीको अग्रता अन्तिम दिनसम्म पनि कायम

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टाेली त्रिभुवन  आर्मी क्लबले अग्रता कायम राखेको छ । 

नवौं राष्ट्रिय खेलकुदको सातौं तथा अन्तिम दिनसम्म पनि आर्मीले आफ्नो शीर्षतालाई कामय राख्न सफल भएकाे हाे । आर्मीले हालसम्म १५० स्वर्ण ९४ रजत र ७० कास्यसहित कुल ३१४ पदक हात पारेको छ ।

आर्मीलाई पछ्याइ रहेकाे अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यपदक सहित १५८ पदक जितेको छ ।

 तेस्रो  स्थानमा रहेकाे विभागीय टाेली नेपाल एपिएफ क्लबले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य सहित कुल १७६ पदक हात पर्दा घरेलु टाेली गण्डकी प्रदेश २९ स्वर्ण, २८ रजत र ४९ कास्य सहित कुल १०६ पदकसहित चाैथाे स्थानमा छ ।

२२ स्वर्ण, ४२ रजत र ५९ कास्य पदक सहित १२३ पदक आफ्नो पोल्टामा पारेको बागमती प्रदेश पाँचौं स्थानमा रहँदा एनआरएन १० स्वर्ण, ८  रजत, ६ कास्य सहित २४ पदक जितेर छैटौं स्थानमा छ ।

 साताैं स्थानकाे प्रदेश १ ले ९ स्वर्ण, २२ रजत ४४ कास्य सहित ७५ तथा आठाैं स्थानकाे  सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण,६ रजत र ३३ कास्य पदक सहित ४७  पदक जितेका छन् ।



मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २१ कास्य सहित ३४ पदक हात पार्दै नवाैं स्थानमा छ । १०औं स्थानकाे लुम्बिनी प्रदेशले ४ स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ तथा  अन्तिम स्थानकाे कर्णाली प्रदेशले २ स्वर्ण,३ रजत,११ कास्यसहित १६ पदक हात पारेका छन् । 



  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ८:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया