नवौं राष्ट्रिय खेलकुदः ४ गुणा ४०० मिटर रिलेमा आर्मीका दुवै टोलीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४ गुणा ४०० मिटर रिलेमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।

निरप्रताप महतो,आशिष चौधरी,शिवराज पार्की र सन्दीप नेपाली सम्मलित एपिएफले ३ मिनेट २५.८२ सेकेन्डको समय निकाल्दै रजत तथा अमृत बोट,सहन चन्द्र शाह, टेकबहादुर कार्की र अरुण महतो थारु सम्मलित पुलिसले ३ मिनेट २९.३५ सेकेन्डको समयका साथ कास्य पदक जितेका छन्।

महिलामा स्वर्ण जितेपनि एपिएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण पदक प्रदान गरिएको छ । खेलाडीले ५०० मिटर भन्दा अगाडी नै लेन परिवर्तन गरेपछि एपिएफ अयोग्य घोषित भएको हो ।

सरस्वती भट्टराई,जयरानी थारु,निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले निधौरित दुरी ४ मिनेट ०२.८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्यो।

निशा थारु,सम्झना थारु,अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट१४.८० सेकेन्डको समय निकाल्दै रजत तथा अञ्जु खड्का,राजीना दुलाल,स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समयका साथ कास्य जिते । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ११:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया