नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको त्रिपलजम्पमा पुरुषतर्फत विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिल्ली खत्री तथा महिलातर्फ नेपाल एपिएफ क्लबकी शिला चौधरीले स्वर्ण पदक जितेका छन्।
पोखरा रंगशालामा बिहीबार डिल्लीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
नेपाल पुलिस क्लबका चन्द्रदेव जोशी १३.५५ मिटर जम्प गर्दै रजत तथा बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गर्दै कास्य जितेका छन् ।
त्यस्तै,शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितिन्। जारी प्रतियोगितामा यो उनको पहिलो स्वर्ण हो ।
पुलिसकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत तथा एपिएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गर्दै कास्य पदक हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।