नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले स्वर्ण जितेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा बिहीबार एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो।
एपिएफले २५–२१, २७–२५, २६–२४ को जित निकाल्यो । विभागीय टोली नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।
पुलिसले घरेलु टोलीलाई गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।