दुर्घटनामा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक
पोखरामा अर्ध कदको सालिक
सांकेतिक तस्बिर


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।

आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ । तर खेलाडीहरुलाई भने अभ्यास खेलकै आधारमा पदक वितरण गरिएको छ । 

निसिमको अर्ध कदको सालिक राखिने भएको छ । पोखरा रंगशालामा उनको सालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मान स्वरूप सालिक बनाउने निर्णय गरिएको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १४:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया