शुक्रबारबाट प्रदर्शनमा आउने ‘के घर के डेरा’ लाई उच्च सो

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभर रिलिज हुँदै छ । फिल्मका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा उच्च सो पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ सोज दिएको छ । यस्तै, वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले चार, बिग मुभिजले तीन, आइएनआई सिनेमाजले ६, बिएसआर मुभिजले तीन, एफक्युबले तीन सो दिएको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल,  भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकालको अभिनय छ ।

सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १७:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया