स्वर्गीय खेलाडी थापाको परिवारसँग खेलकुदमन्त्रीको भेटघाट

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन् । 

नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका हुन् । 

दुर्घटनालगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । सो क्रममा मन्त्री गहतराजले सम्मानस्वरुप स्वर्गीय थापालाई चेकसहित मरणोपरान्त स्वर्णपदक प्रदान गरे । 

पोखरा रंगशालापरिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिबद्धता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए । 

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बिमा गरेको थियो । जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दीपेन्द्र बिष्टले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत आइतबार बिहान पोखराको सराङकोटमा ’क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिब १ सय मिटर उचाइबाट खसेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १७:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया