बलिउडका यी सेलिब्रेटी जसलाई मन पर्दैन पटाका

भारतमा धूमधामका साथ दीपावली (दिवाली) मनाइन्छ । हरेक वर्षझैं यो वर्ष पनि धूमधामका साथ दीपावली मनाउने तयारी भइरहेको छ । मानिसहरू बजारदेखि घरमा पनि बिजुली जोडेर उज्यालो बनाइरहेका छन् । दिवालीमा अधिकांशले पटाका पनि पड्काउँछन् । बलिउडका केही सेलिब्रेटी छन्, जो पटाकादेखि टाढा हुन्छन् ।

प्रियंका चोपडा

यो सूचीमा पहिलो स्थानमा अभिनेत्री प्रियंका चोपडा पर्छिन् । उनलाई अस्थमाको समस्या छ र पटाकाबाट निस्कने धुँवाले उनलाई श्वास लिन समस्या हुन्छ । यो कुराको जानकारी उनले एक अन्तर्वार्तामा दिएकी थिइन् । तर, लगत्तै उनले सिगरेट पिउँदै गरेको एक तस्बिर भाइरल भएपछि उनी ट्रोल बनेकी थिइन् ।

आलिया भट्ट

अभिनेत्री आलिया पनि पटाका विरोधी अभिनेत्रीमा पर्छिन् । उनी हरेक वर्ष दिवालीमा पटाका नपड्काउन आह्वान गर्छिन् ।

अनुष्का शर्मा



अभिनेत्री अनुष्का दीप, मिठाईका साथ दिवाली मनाउन मन पराउँछिन् । गत वर्ष जब क्रिकेटर पति विराट कोहलीले दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए, मानिसले क्रिकेटरसँगै अभिनेत्रीबीच विभेद छुट्याएका थिए ।

सोनम कपूर



अभिनेत्री सोनम पनि पटाका पड्काउन मन पराउँदिनन् । पटाकाले मानिससँगै जनावरलाई पनि असर गर्ने भएकाले नपड्काउन उनको अपिल आउने गर्छ ।

आमिर खान

आमिरले एक विज्ञापनमार्फत पटाका नपड्काउन अपिल गरेका थिए । यो अपिलपछि उनलाई ट्रोल बनाइएको थियो ।

अजय देवगन

अभिनेता अजय पटाका पड्काउन मन पराउदैनन् । पटाकाले वायु प्रदूषणसँगै जनावरलाई पनि असर पर्ने उनको मान्यता छ ।

नेहा धूपिया

अभिनेत्री नेहाले पर्यावरण बचाउन गत वर्ष आममानिसलाई पटका नपड्काउन अपिल गरेकी थिइन् । उनले पटाकालाई पर्यावरणसँगै बालबच्चामा पनि असर पर्ने दाबी गरेकी थिइन् ।

हर्षवर्द्धन कपूर

अभिनेता अनिल कपूरका छोरा हर्षवर्द्धनले एक ट्विटमार्फत दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए । तर अपिल गरेको केही समयमै ट्विट हटाएका थिए । किनकि उनका फ्यानले अनिल कपूरले पटाका पड्काउँदै गरेको तस्बिर उनको सामाजिक सञ्जाल एकाउन्टमा पठाएका थिए ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १८:७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया