तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोोसिएसन नेपालले बताएको छ । 

बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए । 

नेपाल अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताउँदै अध्यक्ष तामाङले तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताए । विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उनले बताए । 

सयपत्री फूलको उत्पादनले ग्रामीण क्षेत्रमा भने शतप्रतिशत नै धान्ने गरेको उनले बताए । नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको भन्दै उनले चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

१० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहने दाबी गर्दै उनले सरकारले प्लाष्टिकजन्य फूलहरुको बिक्री वितरण सूचना प्रकाशित गरेर मात्रै नियन्त्रण हुने अवस्था नभएको भन्दै बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १८:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया