बेलायती प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार साँझ प्रधानमन्त्रीबाट राजीनामा दिएकी छन्। 

पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनले पद लिएको ४५ दिनमै पदबाट राजीनामा दिएकी हुन्। भदौ २१ गते प्रधानमन्त्री नियुक्त भएकी ट्रसले राजीनामा दिएको बिबिसीले जनाएको छ।

उनले प्रधानमन्त्री निर्वाचित हुँदा ऋषि सुनकलाई पराजित गरेकी थिइन्। कन्जरभेटिभ पार्टीका सांसद र सदस्य गरी ८० हजारले उनलाई पार्टी नेताका लागि मत दिएका थिए।

ट्रस अर्थशास्त्री हुन्। उनले सन् २००० मा हग ओलिरीसँग बिहे गरेकी थिइन्। उनीहरूका दुई छोरी छन्।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २०:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया