मकवानपुरमा थप १ सय ५७ जनामा डेंगी संक्रमण

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य कार्यालय मकवानपुर अुनसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा डेंगी पुष्टि भएको हो । 

जसमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् । 

यसैगरी, बकैया गाउँपालिकाभित्रका ३ जना, भीमफेदी र मनहरी गाउँपालिका २–२ जना तथा राक्सिराङ र अन्य जिल्लाका एकएक जना रहेको कार्यालयले जनाएको छ । 

योसँगै जिल्लामा साउनयता डेंगी पुष्टि हुनेको संख्या ४ हजार ५ सय २६ पुगेको कार्यालयको तथ्यांक रहेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगी देशको ७७ वटै जिल्लामा फैलिएको छ । 

हालसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगी पुष्टि भएको छ भने डेंगीको कारण ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २०:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया