लेवान्डोस्की चम्कदा ला लिगामा बार्सिलोनाकाे सहज जित

स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । उसले गएराति सम्पन्न खेलमा भिल्लारियलविरुद्ध ३–० को सहज जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले दुई र अन्सु फातीको एक गोल गरे । 

बर्सिलोनाले तीनै गोल पहिलो हाफमा गरेको थियो । बार्सिलोनालाई ३१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै सुरुआती अग्रता दिलाए । ३५ औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसको तीन मिनेटपछि फातीले गोल गर्दै बार्सिलोनानाको अग्रता फराकिलो बनाए । यो जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दूरी घटाएको छ ।

बार्सिलोनाले १० खेलबाट २५ अंक जोडेको छ । शीर्ष स्थानको रियलले २८ अंक जोडेको छ । बार्सिलोनासँग हारेको भिल्लारियल १५ अंकका साथ नवौं स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ६:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया