निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गर्ने सहमति

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।

भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीबीच छलफल भएको थियो । प्रजिअ अर्यालका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ ।

‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ,’ उनले भने, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।’ 

प्रजिअ अर्यालले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ६:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया