\
पाँच दलीय सत्ता गठबन्धनले आजबाट निर्वाचन लक्षित भेला सुरु गर्दैछ । गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।
सोही निर्णयअनुसार गठबन्धनले शुक्रबार पोखरामा भेला गर्दैछ । भेला ११ बजे सुरु हुनेछ । गठबन्धनले आजै बुटवलमा पनि भेलाको आयोजना गर्दैछ । भेला दिउँसो २ बजे सुरु हुनेछ ।
त्यस्तै, गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा भेलाको आयोजना गर्दैछ ।
गठबन्धनले ७ कात्तिकमा काठमाडौंमा भेलाको आयोजना गर्ने तालिका तयार पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।