काठमाडौं महानगरले बाबुआमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने

काठमाडौं महानगरपालिकाले बाबुआमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने भएको छ । महानगरपालिका सामाजिक विकास विभागले शुक्रबार सूचना जारी गर्दै त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ ।

महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ८:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया