निर्वाचन आयोगले ९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने

निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबी विरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबी विरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिकमा अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।

आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोकेको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवारविरुद्ध परेको दाबी विरोधको निरुपणलगायतका काम गर्दै आएको छ ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १३:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया